थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (सूचीसहित)

१८ चैत्र, काठमाडौँ । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरको थियो ।