असोज ७, काठमाडौं ।
टोखा नगरपालिकाको ग्रान्डि अस्पताल अगाडि भूमिगत तार पड्किँदा विद्युत आपूर्ति ठप्प भएको छ । मंगलबार राति तार पड्केपछि मर्मत हुन सकेको छैन ।
मंगलबार रातभर तार पड्केको स्थान पत्ता लगाउन नसकेपछि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली फर्केको छ । लैनचौर, गोंगबु, बालुवापाटी लगायतका स्थानमा पनि बत्ति गएको थियो । तर ती स्थानमा प्राधिकरणले उपकरण फेरेपछि बत्ति आएको थियो ।
ग्रान्डि अस्पताल लगायत केही क्षेत्रमा भने अझै पनि बिजुली आएको छैन । नेपाल विद्युत प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा बिजुलीका तार भूमिगत गरिरहेको छ । (फाइल फोटो)







