सीमा नाकाबाट चार युवती पक्राउ

३० चैत्र, काठमाडौँ । सर्लाहीको सीमा नाका भएर शंकास्पद अवस्थामा भारत जान लागेका चारजना नेपाली महिला पक्राउ परेका छन्।

बिओपी त्रिभुवननगरले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

ती महिलाहरुलाई सोधपुछ गर्दा शंकास्पद जवाफ दिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप सोधपुछ तथा परामर्शका लागि माइती नेपाल सर्लाहीका इन्चार्ज अमित यादवलाई जिम्मा लगाइएको छ ।