भोटेकोशी बाढी अपडेटः ११२७ शव फेला, ४ हजार ८५८ सम्पर्कबिहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। आज  बिहान ८:०० बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा परेका १ हजार १२७ शव फेला परेकाे छ । 

फेला परेका शवहरूमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्।

यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गहरू समेत फेला परेको प्रहरीले जनाएको छ।

फेला परेका शवहरूमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। ९११ जनाको पहिचान अझै खुल्न सकेको छैन ।

बाढीमा परेर बेपत्ता हुनेहरूको संख्या निकै ठूलो रहेको छ। प्रहरीको तथ्याङ्क अनुसार कुल ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्।