कास्कीमा कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीकै मृत्यु

१९ वैशाख, पोखरा । कास्कीमा कार र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

अन्नपूर्णमा कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो ।

सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।