उपत्यकाका तीन जिल्लामा थप ६३७ जनामा कोरोना पुष्टि

७ असोज, काठमाडौं । बितेका २४ घण्टाको विवरण अनुसार उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।