असोज ८, चितवन ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार उनको बुधबार राति १ बजेतिर मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना पुष्टि भएको थियो ।
सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो । उपचारका क्रममा गए राति उनको मृत्यु भएको हो ।







