असोज ९, काठमाडौं ।
नेपालमा यस वर्ष अन्य वर्षभन्दा मनसुन लम्बिएको छ । सामान्यतया २३ सेप्टेम्बरसम्म बाहिरिसक्ने मनसुन यस वर्ष केही लामो समयसम्म सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारतको मध्य प्रदेशमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिम सर्ने क्रममा रहेकोले पानी परिरहेको हो । विभागका अनुसार यो अवस्था शुक्रबारसम्म पनि उस्तै रहनेछ भने शनिबारबाट मौसममा क्रमिक सुधार देख्न सकिनेछ ।
देशका धेरै स्थानमा लगातार पानी परेर जनधनको क्षति गराएको यस वर्षको मनसुन सम्भवतः शनिबारबाट बाहिरिने आँकलन छ । विभागका अनुसार २५ सेप्टेम्बरपछिका दिनमा मौसममा क्रमिक रूपमा सुधार देख्न सकिनेछ ।







