३० असार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिनदिनदेखि ओरालो लागेको सुनको भाउ बिहीबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। सुनको मूल्य तीन दिनपछि मात्र केही बढेको छ।
बुधबार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार एक सय ८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ७० रुपैयाँ थियो।
अन्तराष्ट्रिय बजारमा सुन १७२६.८९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.०६ डलर छ । बुधबार सुन प्रतिऔंस १७२४.७८ डलर र चाँदी १८.९३ डलरमा कारोबार भएको थियो।







