३१ असार, काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ ८ सयले घटेर प्रतितोला ९३ हजार ८ सयमा कारोबार भईरहेको छ ।
लामो समयपछि सुनको मूल्यमा ठूलो गिरावट आएको हो। बिहीबार ३ सय रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ। शुक्रबारका लागि प्रतितोला ११ सय ४५ रुपैयाँ भएको छ। बिहीबार १० रुपैयाँ बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय डलरको भाउ उच्च हुँदै जाँदा लगानीकर्ताहरु डलरतर्फ आकर्षित भएका कारण सुनको मूल्य क्रमिक ओरालो लाग्दै गएको हो।
बिहीबार प्रतिऔंस १७२६.८९ डलरमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतिऔंस १७०९.९२ डलर भएको छ। चाँदी पनि प्रतिऔंस १९.०६ बाट घटेर १८.३५ डलर भएको छ।







