नेपाल र भारतबीचको उत्कृष्ट मित्रताले छिट्टै नै नयाँ उचाई चुम्ने कुरामा विश्वस्त छु : दौपदी मुर्मु

६ साउन, काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति दौपदी मुर्मुले नेपाल र भारतबीचको उत्कृष्ट मित्रताले छिट्टै नै नयाँ उचाई चुम्ने कुरामा आफू विश्वस्त भएको बताएकी छिन्।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत् मुर्मुलाई बधाई दिएका थिए। बधाई सन्देशको जवाफमा उनले सो कुरा बताएकी हुन् ।

उनले देउवाको ट्वीटको जवाफमा लेखेकी छिन्, ‘धन्यवाद नेपालका प्रधानमन्त्री श्री शेर बहादुर देउवा । हो, नेपाल र भारतबीचको उत्कृष्ट मित्रता र महान सम्बन्धले छिट्टै नै नयाँ उचाई चुम्ने कुरामा म विश्वस्त छु ।’

यसअघि देउवाले मुर्मुलाई बधाई दिँदै नेपाल र भारतबीचको सम्बन्ध भोलिका दिनमा नयाँ उचाईमा पुग्नेमा आफू ढुक्क भएको बताएका थिए ।