११ श्रावण, काठमाडौं । न्याय परिषद्ले आज एक सूचना प्रकाशित गरि २७ जना न्यायाधीशको लागि आवेदन माग गरेको छ ।
सूचनामा योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन फाराम भर्ने म्याद उल्लेख छ।
संविधानको धारा १४० को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुकले न्यायाधीश नियुक्ति प्रक्रियासम्बन्धी निर्देशिका २०७९ को अनुसूची १ बमोजिमको ढाँचामा अनुसूची २ बमोजिम स्वघोषणा समेत संलग्न गरी आवेदन दिन परिषद्ले आग्रह गरेको छ ।
कानुन व्यवसायीमध्येबाट आवेदन दिने व्यक्तिले निर्देशिकाको दफा ५ को उपदफा २ (ग) बमोजिमको प्रक्रिया पूरा गरेको हुनुपर्ने न्याय परिषदले जनाएको छ ।







