कोरोना अपडेट : ५०२५ जनामा कोरोना परीक्षण गर्दा ७१० मा संक्रमण पुष्टि

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ७१० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ५४१ जनामा गरिएको पीसीआर र २ हजार ४८४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७१० जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले बताएअनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ। देशभर हाल ४ हजार २३६ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २१५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ। उक्त अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।