असोज, ९ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २६२ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।
यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।







