तोलामा ५०० रुपैँयाले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

२२ साउन, काठमाडाैँ । आज आइतबार सुन(चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको जानकारी दिएको छ ।

यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ छ । जुन, गत शुक्रबार १ हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।