ट्रकको ठक्करबाट एकको मृत्यु

असोज १०, चितवन ।
जिल्लामा दुर्घटनामा परेर शुक्रबार एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिकाको टिकौली जंगलमा भएको दुर्घटनामा ३४ वर्षिय पुरन गिरीको ज्यान गएको हो ।

प्रहरीका अनुसार रत्ननगरबाट भरतपुरतर्फ गइरहेको ना५ख १३६४ नम्बरको ट्रकले गिरी सवार ना६४प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । शुक्रबार राति १० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।