असोज १०, काठमाडौं ।
कोरोना संक्रमणले विश्व नै आक्रान्त बनाएको बेला पनि विदेशबाट नेपालमा रेमिट्यान्स भित्रिने क्रम रोकिएको छैन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष अर्थात् साउन महिनाभरमा ९२ अर्ब ७१ करोड रूपैयाँ नेपाल भित्रिएको बताएको छ ।
यो असार महिनाभन्दा २३ प्रतिशतले बढेको हो । तर यो महिनामा रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ९९.२ प्रतिशतले घटेको छ । नयाँ स्वीकृति र नवीकरण दुवै गरेर यो संख्या यतिले घटेको देखिएको हो ।







