आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

५ भाद्र, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ। महासंघले आजको भाउ तोक्दै सुनको कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य १ जार १७० रुपैयाँ कायम भएको जनाएको छ । जुन, गत साताको शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँ कायम थियो ।