कस्तो रहला आजको मौसम ?

१० भाद्र, काठमाडौं । आज देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।