असोज १० काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १ हजार २०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।







