सुनको मूल्य बढ्याे

७ असाेज, काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ भएको छ।

बिहीबार ५ सय बढ्दा प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय रुपैयाँ भएको छ।

बिहीबार १५ रुपैयाँ बढ्दा प्रतितोला ११ सय ८५ रुपैयाँ थियो।

सुनचाँदीसुनचाँदी व्यवसायी महासंघ