असोज ११, काठमाडौं ।
बेलायतको म्यानचेस्टरमा एकैपल्ट १७ सय विद्यार्थीलाई आइसोलेसनमा पठाइएको छ । केही विद्यार्थीमा कोरोना देखिएपछि म्यान्चेस्टर महानगरीय विश्वविद्यालयले उनीहरूलाई आइसोलेसनमा पठाउने निर्णय गरेको हो ।
उक्त विश्वविद्यालयको ९९ विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएको छ । उक्त विश्वविद्यालयका कुनै विद्यार्थीलाई सभा समारोहमा सहभागी हुन रोक लगाइएको छ । यसैगरी संक्रमण समुदायस्तरमा नफैलियोस् भन्नका लागि त्यहाँको सिटी काउन्सिलले लकडाउन घोषणा गरेको छ । (एजेन्सी)







