असोज, ११ काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर छापावाला सुनको भाउ आज तोलाको ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार बिहिबारको तुलनामा तोलामा ८०० रुपैयाँ बढेर छापावाला सुन ९३ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेको छ । शुक्रबार तेजावी सुन प्रति तोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ आज १० रुपैयाँले घटेर तोलाको ११ सय ५० रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ ।







