असोज, १२ कञ्चनपुर । लालझाडी गाउँपालिका–४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट काठ प्रहरीले आइतबार साँझ बरामद गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्र्तगतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा काठ चिरान गर्ने मिलमा छापा मारी ठूलो परिमाणको अवैध काठ बरामद गरेको हो ।
सालको तयारी अवस्थाका झ्याल, ढोकाका चौखट, ढोका, गोलिया, भ्यान्टिलेसनसमेत गरी २३५ थान अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। उनका अनुसार अवैध बरामद काठसहित मिल सञ्चालक रानालाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।
यसैगरी प्रहरीले भीमदत्त नगरपालिका–४ बस्ने निरज गुप्ताले भन्सार छली गरी ल्याएको अन्दाजी रु २६ हजार बराबरको १३० किलो मिठाइ जफत गरी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।
सांकेतिक तस्वीर (फाइल)







