सूनको मूल्य स्थिर

काठमाडौं, १२ असोज । आज नेपाली बजारमा सुनको मूल्यमा स्थिर रहेको छ ।

हिजो प्रतितोला ९३ हजार ३ सयम कारोबार भएको सुन आज पनि त्यहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ८ सय रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य पनि स्थिर छ । आइतवार ११ सय ५० रहेको चाँदीको मूल्य आज पनि त्यहि कायम रहेको हो ।