वरिष्ठ हवल्दार बढुवामा पनि जालझेल

काठमाडौं । प्राबिधिक प्रहरी समुहलाई यसै पनी प्रहरी भित्र अर्कै जातको रुपमा लिइन्छ भने त्यहाँ भित्रपनी बिभिन्न जालझेल हुने गरेको पाइन्छ ।

हिजो मात्र प्राविधिक प्रहरी समूहतर्फ सूचना प्रविधि, हातहतियार, प्यारामेडिक्सतर्फ प्रहरी हवल्दार पदबाट वरिष्ठ हवल्दार पदमा तथा सवारी र प्यारामेडिक्सतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचि प्रकासित गरिएकोमा केनाईन उप समुहमा कार्यरत प्रहरी हवल्दारहरुको बढुवा नियतबस छुट्टाइएको छ । प्रहरी प्रधान कार्यलयले बिभिन्न आन्तरिक कारण देखाउदै १ बर्ष देखी उक्त बढुवा प्रकृया रोकिरहेको छ ।

हातहतियार उप समुह तर्फको प्रहरी हवल्दार पदबाट वरिष्ठ हवल्दार पदमा -१,सूचना प्रविधि कम्प्युटर तर्फको वरिष्ठ हवल्दार पदमा -६, प्यारामेडिक्सतर्फ -४ जनको बढुवा सिफारिस सूचि प्रकासित गरिएकोमा केनाईन उप समुहमा कार्यरत प्रहरी हवल्दारहरुको बढुवा भने छुट्टाइएको छ ।
२०७५ ।१० ।२४ मा पनि ढिलागरी (१० बर्ष) सिपाही बाट हवल्दार भएकाहरु अहिले ५ बर्ष भईसक्दा र वरिष्ठ हवल्दार पदमा दर्बन्दी रिक्त हुँदा पनि बिभिन्न खालको चलखेलले गर्दा उक्त बढुवा प्रकृया नियतबस रोकिएको हो ।

स्मरण रहोस केही महिना पहिले २०८०-०४-०७ गते प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह प्यारामेडिक्स, सवारीतर्फ, सूचना प्रविधि कम्प्यूटरतर्फ र हातहतियारतर्फ प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सूची प्रकाशित हुँदा समेत नेपाल प्रहरी केनायन कार्यलयमा कार्यरत प्रहरी हवल्दारहरुको बढुवा ढिला भएको कारण देखाउदै रोकिएको थियो ।

अहिले नेपाल प्रहरी केनायन कार्यलयमा प्रहरी वरिष्ठ हवल्दार पदमा ६ वटा रिक्त दर्बन्दी छ भने १२ जना प्रतिसपर्धी छन ।