काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार ३९ वर्षीया पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको हो।
बीमा ऐन, २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए। उनी काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी छन्।
पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो। हिमालयन रिइन्स्योरेन्सकी सीईओका रूपमा पौडेल सन् २०२३ देखि कार्यरत थिइन्।
पछिल्लो समय हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धित आर्थिक अनियमितता तथा बीमा ऐन उल्लंघनसम्बन्धी अनुसन्धानमा कम्पनीका उच्च पदाधिकारीहरू समेत तानिएका छन्।






