एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनित

काठमाडौं– प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि नेकपा एमालेले प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ ।

त्यस्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सचेतकमा सुनिता बराललाई मनोनित गरेका छन् ।