काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने भएको छ । रास्वपा स्रोत अनुसार उक्त मन्त्रालय दिने सहमति जुटेको हो ।
अन्य मन्त्रालयको भने निधो लागेको छैन । हाल रास्वपाबाट उपसभापति डिपी अर्याल विना विभागीय मन्त्री छन् । प्रतिनिधिसभामा रास्वपाकाे २१ सिट छ ।







