रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको टेलिफोन बार्ता :नेपाली फिर्ता गर्न रुस तयार

काठमाडौं । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग बिहीबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफोन कुराकानी गरेका छन् । कुराकानीका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली नागरिकलाई रुसी सेनाबाट अलग गर्न, मृत्यु भएकाहरूको शव स्वदेश फर्काइदिन र सेनामा भएका नेपालीको संख्याबारे जानकारी गराइदिन आग्रह गरेका छन् ।

बार्ताको क्रममा रुसी विदेशमन्त्री लाभरोभले नेपाली पक्षको चासोलाई सम्बोधन गर्न सहयोग गर्ने आश्वासन दिएको छ ।सो क्रममा रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई पदभार ग्रहण गरेकोमा बधाई तथा शुभकामना पनि व्यक्त गरेका थिए ।

रुसी सेनामा रहेका नेपालीका विषयमा नेपाल र रुसबीच पहिलोपटक यसरि उच्चस्तरमा संवाद भएको हो ।रुसी सेनामा कार्यरतमध्ये १० जनाको मृत्यु भएको विवरण रुस सरकारले नेपाल सरकारलाई पठाएको छ ।