काठमाडौं- नेपाल पशु चिकित्सा परिषद्ले फागुन २६ गते लिएको पशु चिकित्सकहरूको १९ औं लाईसेन्सिङ परीक्षामा १६८ जनाले परीक्षा उत्तीर्ण गरेपछी नेपालमा दर्तावाल भेटेरिनरी डाक्टरको सन्ख्या २००० हाराहारी पुगेको छ ।
शनिबार भएको परिक्षामा नेपाल, बंगलादेश, चीन लगायत विभिन्न ९ विश्वविद्यालयका २१२ नेपाली विद्यार्थीहरू सहभागी भएका थिए।
नेपाल पशु चिकित्सा परिषद्का अनुसार हाल नेपालमा ३ हजार हाराहारी पशु चिकित्सकको आवश्यकता भए पनि जम्मा १ हजार ९ सय ८२ जना मात्र दर्ता छन्। त्यसमध्य ३५० जती को सन्ख्या मा बिदेशमा छन भने ४३ जना पशु चिकित्सकको मृत्यु भैसकेको छ ।
हाल नेपालमा डोल्पा बाहेक हरेक जिल्लाबाट पशु चिकित्शक बनिसकेको परिषदको तथ्यान्कले देखाउछ । परिषद्का अनुसार ७७ जिल्लामा नै पशु चिकित्शक को उपस्थिती रहेको छ ।
नेपाल पशु चिकित्सा परिषद् नेपालमा स्थापित चिकित्शक, नर्शिङ, इन्निज्जिनियरिङ्ग आदि ब्यबसयिक परिषद् मध्य कम्प्युटराइज्ड लाईसेन्सिङ परीक्षा सुरु गर्ने पहिलो परिषद् रहेको छ । परिषद्ले २०७४ कार्तिक बाट अनलाईन माध्यम मार्फत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट “रियल टाईम” मा आधारित लाईसेन्सिङ परीक्षा लिईरहेको छ ।







