एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

१४ असार २०८२, शनिबार

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार यो वर्षको एसईईमा ६१ .८१ प्रतिशत प्रतिशत विद्यार्थी उत्तीर्ण भएको छ । ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ३ लाख १७ हजार ७ सय सटचालिस उत्तीर्ण भएको हो ।

गत वर्षभन्दा यो वर्षको नतिजामा भने सुधार आएको छ । २०८० को एसईईमा ४७ दशमलब ८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकोमा थिए । यो वर्ष संख्या बढेर ६१.८१ प्रतिशत पुगेको छ । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९७१ जनाले चार जीपीए ल्याएका छन् ।

यो वर्षको एसईईको परीक्षा २०८१ चैत ७ गतेदेखि चैत १९ गतेसम्म भएको थियो ।