नेपालमा पहिलो पल्ट तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर आयात भएको छ । उक्त हेलिकप्टर माउन्टेन हेलिकप्टर प्रालि ले आयत गरेको हो।
फ्रान्सको एयरबस कम्पनीमा बनेको उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको हो ।
कम्पनी को अनुसार जाँचपासपछि भन्सार नाकाबाट उडाएरै काठमाडौं ल्याउने तयारी छ । अब माउन्टेन हेलिकप्टर सँग यो नयाँ हेलिकप्टरसहित तीनवटा हेलिकप्टर हुनेछन् ।







