नेपालका ह्याचरी उद्योगहरुले असार २३ गते देखि असार २९ गते आइतबारसम्म एक हप्ताको निम्ती ब्रोइलर तथा कलर ब्रोइलर चल्लाको उत्पादन तथा बिक्री वितरण बन्द गर्ने भएको छ ।
नेपाल ह्याचरी उद्योग संघको विशेष भेलाले हाल नेपाली बजारमा भईरहेको ब्रोइलर तथा कोइलर चल्लाको अत्यधिक उत्पादनलाई ब्यवस्थित गर्नका निम्ती उक्त निर्णय गरेको हो ।
संघका महासचिव ज्ञान बहादुर विसुरालका अनुसार बिगत केहि महिनादेखिको अप्ठ्यारो परिस्थितिलाई सुधार गर्नका निम्ती यस्तो सुधारको कदम चालिएको हो ।
ह्याचरी उद्योग संघका अनुसार अहिले हप्ताको ४२ लाख चल्ला उत्पादन भईरहेको छ । हप्ताको ३०-३२ लाख चल्ला उत्पादनले अहिलेको बजार माग धान्ने अवस्था छ ।
नेपालमा दर्ता भएको ३५० ह्याचरी मध्य ८० वटा ह्याचरी मात्र सन्चालनमा आइरहेको छ ।
अहिले एउटा ब्रोइलर चल्ला रु १५ देखी २० मा बिक्री भईरहेको छ । अहिले ब्रोइलर चल्लाको लागत मूल्य रु ६० परिरहेको व्यवसायी हरु बताउछन् । गत बर्ष भन्दा यो बर्ष ४० प्रतिशतले बढी चल्ला उत्पादन भएको छ ।








