४८ जना एसपीको सरुवा, १४ जिल्लाका इन्चार्ज परिर्वतन

काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीहरूको सरुवा गरिएको छ ।
गृहमन्त्रीमा ओमप्रकाश अर्याल आएको पर्सिपल्त्टनै आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । एसपी सरुवामा १४ जिल्लाका प्रहरी प्रमुखहरू पनि परिवर्तन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा अंगुर जिसीलाई पठाइएको छ । उनी काठमाडौँ जिल्ला अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा थिए ।
त्यस्तै मोरङमा कवित कटुवाल, सुनसरीमा केवश थेवे, सप्तरीमा गौतम कुमार केसी, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु, कास्कीमा नविन कार्की र कैलालीमा नरेन्द्र चन्दलाई पठाइएको छ ।
डोटीमा महेन्द्र नेपाललाई पठाइएको छ । पूर्वीनवलपरासीमा युवराज खड्का, पर्सामा सुदिप पाठक र भक्तपुरमा सूर्य बहादुर खड्कालाई पठाइएको छ । सुवासचन्द्र बोहरालाई मकवानपुरमा सरुवा गरिएको छ ।