शेरबहादुर देउवाको टाउकोमा १२ टाँका

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ टाँका लगाएको जनाएको छ।

कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको बताए।
उनका अनुसार चिकित्सकले धारिलो हतियार प्रहारबाट उक्त चोट लागेको भनेको र कसले के हतियारले प्रहार गर्‍यो भन्ने अहिलेसम्म नखुलेको पनि बताए।

भदौ २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सहभागी आन्दोलनकारीले देउवाको निवासमा आगजनी गरेका थिए। आगजनी र तोडफोड हुँदा घरमै रहेका देउवा दम्पत्तीमाथि आक्रमण भएको थियो।

आन्दोलनकारीले देउवा दम्पत्तीमाथि हातपात गरेका थिए। कुटपिटबाट देउवा दम्पत्तीको शरीर रगताम्ये भएको थियो।