काठमाडौं। संविधान जारी भएपछिका १० वर्षको अवधिमा ९ वटा सरकार बनिसकेको छ । अहिले नवनियुक्त अन्तरिम प्रधानमन्त्रीको रुपमा सुशिला कार्की छिन् । पहिले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल थिए ।
पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनको बलमा २०८२ साल भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी हुन्। अन्तरिम सरकारमा प्रधानन्यायाधीशको संलग्नताबारे परेको रिटमा खिलराज रेग्मीको नियुक्त गैर संवैधानिक भनेर ठहर गरेकी उनी उहीँ खिलराजकै शैलीमा प्रधानमन्त्री भइन्।
संविधानमा पूर्व प्रधानन्यायाधीशको अवकाशपछि कतै राजनीतिक नियुक्ति गर्न नै पाइँदैन। त्यति लामो समय कानुनकै अभ्यास गरेकी उनी अन्तमा संसद् समेत नराखी संविधान मिचेरै प्रधानमन्त्री भइन्।
२०७२ सालमा संविधान जारी भएपछि को कहिले प्रधानमन्त्री भए ?
केपी शर्मा ओली : २०७२ असोजदेखि २०७३ साउनसम्म
पुष्पकमल दाहाल : २०७३ साउनदेखि २०७४ जेठसम्म
शेरबहादुर देउवा : २०७४ जेठदेखि २०७४ फागुनसम्म
केपी शर्मा ओली : २०७४ फागुनदेखि २०७८ वैशाखसम्म
केपी शर्मा ओली : २०७८ वैशाखदेखि २०७८ असारसम्म
शेरबहादुर देउवा : २०७८ असारदेखि २०७९ पुससम्म
पुष्पकमल दाहाल : २०७९ पुसदेखि २०८१ असारसम्म
केपी शर्मा ओली : २०८१ असारदेखि २०८२ भदौ २७ सम्म
सुशीला कार्की : २०८२ भदौ २७ देखि







