हितेन्द्रदेव विद्युत प्राधिकरणको जिम्मेवारिबाट मुक्त, उनको ठाउमा मनोज सिलवाल

काठमाडौं। सरकारले नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जिम्मेवारीबाट हटाएको छ। उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले शाक्यलाई पदबाट हटाएका हुन्। हितेन्द्रलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय भएको छ । सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन्। सिलवालको कार्यावधि ४ वर्षको रहने छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो ।