एनजिओकर्मी मदन प्रसाद परियार कृषिमन्त्रीमा सिफारिस

उनि बिरुद्दको केहि सार्वजनिक सरोकारको मुद्दा अहिले सर्वोच्च अदालतमा बिचारधिन छ

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले डा. मदन प्रसाद परियारलाई कृषि तथ पशुपन्छी बिकास मन्त्रीमा सिफारिस गरेकी छ्न् । डा. परियार समता फाउन्डेसनका अध्यक्ष हुन् । उनि राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक हुन्। २०६८ सालमा गठित उक्त आयोगले १० प्रदेशको खाकासहित प्रतिवेदन बुझाएको थियो। तर, संविधान सभा नै विघटन भएपछि उक्त प्रतिवेदन कार्यान्वयन भएन।

समता फाउन्डेसन दलित तथा अन्य अल्पसंख्यक समुदायको अधिकार र समावेशीताका लागि अनुसन्धान, नीति निर्माण, मानवअधिकार र नेतृत्व विकासका क्षेत्रमा सक्रिय भएको कुरा यसको वेबसाईटमा उल्लेख छ । उनि बिरुद्दको केहि सार्वजनिक सरोकारको मुद्दा अहिले सर्वोच्च अदालतमा बिचारधिन छ ।

पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनको बलमा २०८२ साल भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएपछी डा. मदन परियारले समता फाउन्डेसनका तर्फबाट जेनजी आन्दोलनको सन्दर्भमा प्रेस बिज्ञप्ती समेत जारी गरेका थिए ।

डा. परियारले भारत बाट कृषि ईन्जिनियरिङमा स्नातक र थाइल्यन्डको एसियन ईन्स्टिच्युट अफ टेक्नोलोजीबाट ईन्जिनियरिङमा स्नातकोत्तर र पिएचडी गरेका छ्न् ।