काठमाडौं । रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालको गृह सचिवमा सरुवा भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हाल कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरेको छ ।
दुवाडी मंसिर १० मा सचिवको ५ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जादैँछन्।







