काठमाडौं । असोज ९ गते बिहीबार पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले अर्को संसदबाट मात्र संविधान संशोधन गर्न सकिने बताइन् ।
उनले भ्रष्टाचार र सुशासन प्रति सरकार जिम्मेवार भएर लाग्ने जिकिर समेत गरिन् । उनले भर्खर भएको जेन्जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडको भत्र्सना गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाइन् ।







