२०७२ असोज ९ गतेका मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक

काठमाडौँ। नेपाल सरकारले २०७२ असोज ९ गतेका मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेको छ । निर्णय बमोजिम प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ ।

त्यस्तै बैठकले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने जम्मा १ करोड ९ लाख ५१ हजार ५३ डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ।

बैठकले २०८२ भदौ २३ र २४ को प्रदर्शनिका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालवन्दी बाहेक) प्रति परिवार १० लाखका दरले आर्थिक सहायता र काजगरिया खर्च, खाना खर्च र यातायात खर्च वापत ५ लाखका दरले आर्थिक सहायता सहित जम्मा १५ लाख उपलब्ध गराउने निर्णय पनी गरेको छ ।