देउवा दम्पतीले थाइल्यान्डका लागि भिसा लिएको झुट हुन सक्ने ?

काठमाडौँ। देउवा दम्पती शेरबहादुर देउवा र आरजु राणाले गत ३ असोजमा संविधान दिवसका दिन कूटनीतिक राहदानी लिएको भन्ने समाचार छ्यापछ्याप्ती भएको छ । सार्वजनिक बिदाको दिनमा देउबा दम्पतिले राहदानी कसरी पायो र बिदाको दिनमा राहदानी विभागलाई कस्तो खालको अपर्झट पर्‍यो र सेवा दिन पर्‍यो भन्ने सबैको चासो परेको छ ।

यद्दपी राहदानी प्राप्त गरेपछी देउबा दम्पतिले थाइल्यान्डका लागि भिसा लिएको बिषय भने सत्य नहुन सक्छ । सन् १९९९ मा थाइल्यान्ड र नेपालको बिछ भएको सम्झौता अनुसार कूटनीतिक राहदानीवाहकका लागी अग्रिम भिसा आवश्यक हुँदैन । त्यसको बाबजुत भिसा लिएको भने किन होला भन्ने प्रश्न त छँदैछ ।

भदौ २४ मा जेन्जिहरुको आन्दोलनमा देउबा निवास मा पनि आगो लाग्न गई उनिहरुको राहदानी पनि जलेको थियो ।