२३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका हुन् ।
बीबीसीका अनुसार बिहीबारको दिन इजिप्टमा हस्ताक्षर हुनेछ । अब पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले सैन्य अभियान सुरु गरेको थियो । उक्त आक्रमणमा १० नेपाली विद्यार्थीहरुसहित झण्डै एक हजार दुई सय जना मारिएका थिए । आक्रमणपछि हमासले नेपालका विपिन जोशीलाई अपहरण गरेर लगेको थियो । उनको अवस्था अझै थाहा हुन सकेको छैन ।
हिजो विपिनको पुरानो भिडियो सार्वजनिक भएको थियो । युद्धविराम सहमतिले उनको अवस्था पनि पत्ता लाग्ने विश्वास गरिएको छ ।







