काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य भोली २३ गतेबाट लागु हुने गरी फेरी बढाएको छ । आज मङ्सिर २२ गते बसेको संघको बैैठकले चितवनलाई आधार मानी अण्डाको नयाँ मूल्य लागू गरेको हो ।
संघका सचिब मदन पोखरेलको अनुसार २३ गतेबाट एक्सेल अण्डाको प्रतिक्रेट मूल्य ५८० पर्नेछ । ठूलो अण्डाको मुल्य प्रतिक्रेट ५६५ रुपैयाँ पुगेको छ भने मध्यम अण्डाको प्रतिक्रेट मूल्य ५५० पर्नेछ। हप्ता दिन अघी मङ्सिर १३ गते मात्र संघले अण्डाको मूल्य क्रमश: ५६०, ५४५ र ५३० प्रतिक्रेट गरेको थियो ।
अण्डाको मुल्यमा भारी वृद्धि हुँदा उपभोक्तालाई मार पर्ने भएता पनि किसानहरुलाई भने राहत महशुस हुने भएको छ । संघले प्रत्यक हप्ता जसो मुल्यमा हेरफेर गरिरहेको छ ।







