पछिल्लो २४ घण्टामा उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिए

काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना

असोज, १५ काठमाडौं । पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा थप ९४३ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपत्यकाका काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।