पशु सेवा विभागको महानिर्देशकमा पुन: डा. उमेश दाहाल

पशु सेवा विभागको महानिर्देशकमा पुन: डा. उमेश दाहाल नियुक्त भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारको पुस २३ गतेको निर्णयअनुसार उनलाई बिभागिय जिम्मेवारी दिइएको हो ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०९/०३ गतेको निर्णयानुसार ६० सहसचिवको सरुवा हुने क्रममा डा. उमेश दाहालको पनि मधेस प्रदेश कृषि मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा मातहतमा सरुवा भएको थियो ।

यसअघि उनी २०८० भदौदेखि २०८१ चैतसम्म पशु सेवा विभागको महानिर्देशकको रूपमा नै कार्यरत थिए ।