विशेष महाधिवेशन उद्घाटनको तयारी भइरहँदा भिडिओ सन्देश जारी गर्दै डा. शेखर कोइराला

काठमाडौँ। भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटनको तयारी भइरहँदा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी पंक्तिमाझ भिडिओ सन्देशमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दैछन् ।

कोइरालाले विभाजनबाहेक सबै शर्त र विकल्पमा छलफल गर्न आव्हान गर्ने बताइएको छ ।

विशेष महाधिवेशनका लागि काठमाडौँ आएका प्रतिनिधि पनि काँग्रेसजन नै भएको भन्दै उनीहरूको भावनालाई बेवास्ता गर्न नहुने तर्कसहित समस्या समाधानको पहलका लागि नेतृत्वलाई अनुरोध गर्ने भएका छन् ।