असोज, १६ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा बितेका २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ७३९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।
काठमाडौंमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनासहित देशभर २ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ३ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । यो कुल संक्रमितको ७३.६ प्रतिशत हो ।







