असोज, १६ काठमाडौं। बितेका २४ घण्टामा उपत्यकामा थप १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार आज काठमाडौंमा १ हजार २८० जनामा, भक्तपुरमा १९६ जनामा र ललितपुरमा १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको वेबसाइटमा जनाइएअनुसार आजसम्म काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या २५ हजार नाघिसकेको छ।







